टोपी दिवस मनाइँदै
काठमाडौँ ।जागरुक युवा अभियान नेपालले यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने भएको छ । सो अभियानले गत नौ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षको जनवरी १ (पुस १७) का दिन यो दिवस मनाउँदै आएको अभियानका संयोजक घनश्याम श्रेष्ठले बताए।
विसं २०६८ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरूपमा हटाएपछि त्यसलाई स–सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन टोपी दिवस मनाउन थालिएको संस्थाका सचिव ज्ञानमणि नेपालले जानकारी दिए। कोभिड–१९ को जोखिमका कारण यस वर्ष दिवसका अवसरमा प्रभातफेरिजस्ता जनप्रदर्शन भने नहुने भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment