जनमत पार्टीका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

डिसी नेपाल
१६ पुष २०७८ १९:०७

सप्तरी । जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक आइतबार ट्रकमा आगजनी गरेको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व-पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना६ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।

शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलन कर्मीले जनाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *