सलमानको ‘नो एन्ट्री’ सिक्वेलमा नौ अभिनेत्री

डिसी नेपाल
१८ पुष २०७८ १०:११
11.6k
Shares

काठमाडौं। हालैमात्र अभिनेता सलमान खानले आफ्नो जन्मदिनमा अनीस बज्मीसँग मिलेर फिल्म ‘नो एन्ट्री’को सिक्वेल बनाउने घोषणा गरेका छन्। सलमानका अनुसार कमेडी जनराको यो फिल्म चाँडै छायांकनमा जाँदैछ।

‘नो एन्ट्री मे एन्ट्री’ नाम दिइएको फिल्ममा सलमान, अनिल कपूर र फरदीन खान तेहोरो भूमिकामा देखिनेछन्। यी सबै नौ चरित्रका लागि नौ अभिनेत्रीलाई कास्ट गर्ने तयारीमा फिल्म युनिट जुटेको छ। जसका लागि ४ अभिनेत्री फाइनल भइसकेका छन्।

यो फिल्मको सिक्वेलको योजना ६ वर्षअघिदेखि नै सुरु भएको हो। अहिले फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ। फिल्मका लागि विपाशा बसु, सेलिना जेटली, लारा दत्ता र डेजी शाह फाइनल भइसकेका छन्।

डेजी सलमानको कुनै एक चरित्रको अपोजिटमा हुेनछिन्। फिल्ममा उनको केमियो र एक डान्स नम्बर हुनेछ । फिल्मले पत्नीबाट भड्किएका तीन पति र उनीहरुको पागलपनलाई देखाउनेछ।

स्रोतका अनुसार सलमानले नै डेजीको नाम सिफारिस गरेका हुन्। सलमानले डेजीलाई फिल्म ‘रेस ४’मा पनि कास्ट गर्ने प्रतिबद्धता जनाएका छन्।
सन् २००३ मा रिलिज फिल्म ‘तेरे नाम’मा डेजीले एक गीत ‘लगन लगी’मा कोरस डान्स गरेकी थिइन् । सन् २०१४ को ‘जय हो’मा उनले सलमानको लभ इन्ट्रेस्ट र सन् २०१८ मा ‘रेस ३’मा सलमानको सौतेली बहिनीको भूमिका निभाएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.