द भ्वाइस अफ नेपालमा श्रिजेको दमदार प्रस्तुती

डिसी नेपाल
२३ मंसिर २०७५ ७:११

काठमाडौं। कान्तिपुर एचडीबाट प्रसारण भइरहेको गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सेमिफाइनलमा पुगेको छ । शनिबार प्रसारण भएको कार्यक्रमबाट दुई प्रतियोगी कुशल आचार्य र श्रीया राई टप ८ का लागि छनोट भए सँगै टप ८ को टुङ्गो लागेको हो।

द भ्वाइस अफ नेपालमा टिम सनुपबाट विद्या तिवारी र सप्तक दूतराज, टिम दीपबाट सिडी विजय अधिकारी र विवेक वाइबा लामा, टिम अभयाबाट श्रीया राई र कुशल आचार्य र टिम प्रमोदबाट सुशील गर्तौला र श्रिजे थपलिया टप ८ मा छनोट भएका छन्।

शनिबार प्रसारण भएको एपिसोडमा टिम प्रमोदबाट दोस्रो प्रस्तुति लिएर आएका थिए श्रीजय थपलिया। नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानमा चर्चित गीत ‘गाउँ गाउँबाट उठ’ मा आफ्नो प्रस्तुति दिएका श्रिजेलाई आफ्नो प्रस्तुतिपछि दर्शकले वान्समोर भन्दै हुटिङ गरे। हेर्नुस् उनको प्रस्तुति।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *