पाल्पामा मलामी सवार बस दुर्घटना, सात जनाकाे मृत्यु
पाल्पा। बुटवलदेखि रिडी हिँडेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको छ। शव बोकेर रिडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाभन्दा बढीको मृत्यु भएको स्थानीयले बताए पनि पुष्टि हुन बाँकी छ।
आइतबार बिहान साढे १० बजेको समयमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो। बसमा करिव ३५ जना मलामी सवार रहेको बताइएको छ।
बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ। अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment