मलेसिया बाढीः हजारौं मानिसले छाडे घर

डिसी नेपाल
१८ पुष २०७८ २२:२२
72
Shares

काडमाडौं । मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् । सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएको छ । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ।

आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ ।

बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालिन सेवासमेत ठप्प रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *