विद्यालाई चुम्दा किन डराए इमरान ?

डिसी नेपाल
१९ पुष २०७८ ८:५५
2.7k
Shares

काठमाडौं। बलिउडको ‘सिरियल किसर’ का रुपमा परिचित अभिनेता इमरान हाशमीले आफू एक अभिनेत्रीलाई चुम्बन गर्न निकै डराएको खुलासा भएको छ। फिल्म ‘घनचक्कर’मा अभिनेत्री विद्या वालनलाई चुम्बन गर्न उनी निकै डराएका थिए । त्यही डरका कारण उनले विद्यालाई पटकपटक एउटै प्रश्न सोधिरहन्थे।

इमरान र विद्याले फिल्म ‘घनचक्कर’मा कैयौँ चुम्बन दृश्य दिएका छन्। विद्यालाई चुम्बन गर्दा इमरान निकै डराएका थिए। जबकि यसअघिको फिल्ममा उनी जति खुसीका साथ अभिनेत्रीलाई चुम्थे। ‘घनचक्कर’मा माहौल ठीकविपरीत देखियो।

अभिनेत्री नेहा धुपियाको च्याट शोमा उपस्थित भएकी विद्याका अनुसार इमरानले विद्यासँग चुम्बन दृश्य दिँदा डराउने कारण विद्याका पति तथा फिल्म निर्माता सिद्धार्थ रोय कपुर थिए। ‘सिद्धार्थले के भन्लान्? के तपाईंलाई लाग्छ कि उनले मेरो पेमेन्ट चेक दिन्छन्?’ चुम्बनपछि विद्यालाई इमरान यही प्रश्न सोधिरहन्थे। किनकि फिल्मका निर्माता विद्याका पति सिद्धार्थ नै थिए।

विद्याले आफूलाई इमरानले किन यस्तो प्रश्न सोधिरहन्छ भनेर अन्यौल भएको बताएकी छन्। ‘फिल्ममा हामी कलाकार हौं । कथा अनुसार हामीले अभिनय गर्नुपर्छ। तर इमरानले मलाई प्रश्न गरिरहँदा म अचम्ममा पर्थें’, उनले भनेकी छन्।

इमरानले फिल्मी करियरको सुरुवात सन् २००३ मा विक्रम भट्टको फिल्म ‘फुटपाथ’बाट सुरु गरेका थिए । यो फिल्ममा उनीसँगै आफताब शिवदासानी र बिपाशा बसुको पनि अभिनय थियो । यो फिल्मबाट चुम्बन दृश्य दिन थालेका इमरानले त्यसपछिका सबै फिल्ममा चुम्बनलाई छुटाएनन् । त्यहीकारण उनलाई बलिउडको ‘सिरियल किसर’ उपमा दिइयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.