के किम जोङ उन ‘देश र जनताका लागि थोरै खाएर’ दु्व्लाए !

डिसी नेपाल
१९ पुष २०७८ १०:४५
380
Shares

साेल। दक्षिण कोरियाका तानाशाह किम जोङ उन साविक भन्दा ‘दुब्लो’ देखिएका छन्। कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन्।

नाटकीय ढंगले उनको घट्दो तौललाई उनको स्वास्थ्यसँग पनि जोडिएको छ । तर, उनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या नभएको उत्तर कोरियाली सञ्चार माध्यमहरुले दाबी गर्दै आएका छन् ।

किमको ‘फिगर’ अहिले सुन्दर देखिएको र उनले ‘देश र जनताका लागि थोरै खान थालेको’ केसीएनएले दाबी गरेको छ ।

नयाँ वर्षको अवसरमा वर्कस पार्टीको नीति घोषणा गर्ने क्रममा उनको तस्विर सार्वजनिक भएको थियो । पार्टीको केन्द्रीय कमिटीको वैठकमा किम सार्वजनिक रुपमा देखिएका थिए । कोभिड लकडाउन, आणविक कार्यक्रमलाई लिएर प्योङयाङमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिबन्धका कारण निम्तिएको शृंखलाबद्ध आर्थिक संकटबीच पार्टी वैठक आयोजना गरिएको थियो ।

राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार यस वर्ष मात्र उत्तर कोरियामा आठ लाख ६० हजार टन खाद्यन्न अभाव छ । पार्टीले अभावसँग जुध्न सर्वसाधारणलाई आफै उत्पादन गर्न निर्देशन दिएको छ । चीनसँगको सीमा नखोल्ने बेलासम्म सरकारले यसै अक्टोबरमा सर्वसाधरणलाई थोरै खान उर्दी जारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *