पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नीमाथि अज्ञात बन्दुकधारीद्वारा आक्रमण

डिसी नेपाल
१९ पुष २०७८ ११:००
3.3k
Shares

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी रेहम खानले आफ्नो कारमा केही व्यक्तिहरुले आक्रमण गरेको दावी गरेकी छिन् । यतिमात्र होइन उनले यस विषयमा आफ्ना पूर्व पति र पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई समेत निशाना बनाउँदै के यही नयाँ पाकिस्तान हो ? भनेर सोधेकी छिन् ।

रेहम खानले आफूमाथि भएको आक्रमणको जानकारी आफैंले दिएकी हुन् । उनले ट्वीट गरेर जानकारी दिँदै आफू आफ्ना भतिजाको विवाहमा गएर फर्किने क्रममा मोटरसाइकलमा आएका २ जनाले कारमा अन्धाधुन्ध फायरिङ गरेको बताएकी छिन् । यस क्रममा कोटरसाइकलमा आएका आक्रमणकारीहरुले रेहमको कार रोक्ने प्रयास समेत गरेको उनले बताएकी छिन् ।

रेहमका अनुसार घटनाका बेला उनको साथमा उनका ड्राइभर र सुरक्षाकर्मी पनि कारमा थिए । आक्रमणपछि उनले आफ्नो गाडी बदलेको बताएकी छिन् । उनले लेखेकी छिन् ‘के यही इमरान खानको नयाँ पाकिस्तान हो ? लुटेरा, कायर र लोभीहरुको देशमा तपाइँलाई स्वागत छ ।’

रेहम खानले अर्को एक ट्वीट गर्दै लेखेकी छिन् ‘म एक आम नागरिकजस्तै पाकिस्तानमै बाँच्न र मर्न चाहन्छु । चाहे ममाथि हमला होस् वा बीच सडकमा कानुन व्यवस्थाको कुरा होस् । यो तथाकथित सरकारले यसको जिम्मेवारी लिनुपर्छ । म आफ्नो देशको लागि गोली खान पनि तयार छु । म मृत्यु वा चोटबाट डराउँदिन । तर, म ती व्यक्तिको लागि चिन्तित छु जो मेरो लागि काम गर्छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *