धमाधम डमीका टाउका गिँड्दै तालिवान

डिसी नेपाल
१९ पुष २०७८ १२:५१
40.3k
Shares

काबुल। अफगानिस्तानमा तालिवानले पसलहरुमा राखिएका डमीको धमाधम टाउका काट्न थालेको छ । डमीले मुस्लिम मुल्य र मान्यताको खिल्ली उडाएको भन्दै तालिवानले गिँड्ने अभियान चलाएको छ।

डमी मूर्तिको पर्याय भएको भन्दै सरकारले पश्चिमी प्रान्त हेरातका पसलेहरुलाई तिनीहरुका टाउका काट्न निर्देशन दिएको छ। मूर्ति राख्न वा मूर्तिको पूजा गर्न इस्लाम धर्ममा बर्जित छ । धर्म र संस्कृति मामिलासम्बन्धी मन्त्रालयले डमी नराख्न निर्देशन दिएपछि तालिवानले त्यसका टाउका काट्न थालेका छन्।

डमी फाल्दा आफ्नो व्यवसायमा असर गरेको बिक्रेताले गुनासो गरेका छन्। मन्त्रालयका प्रमुख शेख अजिज उ रहमानले डमी हटाउन भन्दा टाउको काट्नु उपर्युक्त हुने बताएका छन् ।

सरकारको निर्देशनपछि कतिपय व्यापारीले भने डमीलाई कपडाले ढाक्न थालेका छन् । एउटा डमीको मुल्य ७० देखि १०० डलरसम्म पर्ने र त्यसको टाउको काट्दा आफूहरुलाई आर्थिक समस्या हुने व्यापारीले गुनासो गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *