आन्द्रामा गम्भीर समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

डिसी नेपाल
२० पुष २०७८ ९:३०
92
Shares

रियो दि जेनेरियो। अकस्मात बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो । ६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि ब्राजिलको सत्तामा छन् ।

आन्द्रामा गम्भीर समस्या देखिएपछि उनलाई ६ महिनाअघि पनि अस्पताल भर्ना गरिएको थियो । सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट उनको पेट र आन्द्रामा गम्भीर चोट लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *