सबैभन्दा धेरै मूल्यको कम्पनीको रुपमा एप्पलले नयाँ इतिहास रच्यो

डिसी नेपाल
२० पुष २०७८ ११:२४
744
Shares

काठमाडौं । दिग्गज प्रविधि कम्पनी एप्पलले इतिहास रचेको छ । सोमबार कम्पनीको बजार मूल्य ३ ट्रिलियन डलर पुगेको छ । न्यूयोर्क टाइम्समा अनुसार १९७६ मा सुरु भएको एप्पलले अगष्ट २०१८ मा एक ट्रिलियन डलरको आँकडा छोएको थियो । उसलाई यो उपलब्धी हासिल गर्नको लागि ४२ वर्षको लामो यात्रा पार गर्नुपरेको थियो ।

यसको २ वर्षपछि २०२० मा कम्पनीको बजार मूल्य २ ट्रिलियन डलर पार भयो । त्यसपछि केवल १६ महिना १५ दिनमा कम्पनीको मूल्य ३ ट्रिलियन डलर पार भयो । सार्वजनिक रुपमा कारोबार गरेर ३ ट्रिलियन डलरको बजार मूल्य पार गर्ने एप्पल पहिलो कम्पनी बनेको छ । बजारको तथ्यांकअनुसार यसै वर्ष अर्को प्रविधि कम्पनी माइक्रोसफ्ट पनि ३ ट्रिलियन डलर क्लवमा जाने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *