आणविक युद्ध अन्त्य गर्ने पाँच शक्तिशाली देशको प्रतिबद्धता

डिसी नेपाल
२१ पुष २०७८ ८:०७
704
Shares

मस्को। पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। एउटा संयुक्त विज्ञप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन्।

रुसी प्रशासन क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार प्रतिबद्ध जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचासमेत गरेका छन्।

सुरक्षित वातावरण सृजना गर्न सबै देशहरुसँग काम गर्न चाहेको बताएका छन्। ‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी दृढ छौं,’ ती देशहरुले संयुक्त विज्ञप्तिमा भनेका छन्। अस्थित्वमा रहेका आणविक हतियार रक्षात्मक कार्यमा प्रयोग गर्न सकिने भने ती देशको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *