चलचित्र ‘हामी तीन भाइ’ को गीत रेकर्डिङ

डिसी नेपाल
२१ पुष २०७८ १०:२७
320
Shares

काठमाडौं। कोरोना महामारीकाबीच निर्माण घोषणा गरिएको सिनेमा हामी तीन भाइको गीत रेकर्डिङ गरिएको छ।

साप शक्तिको संगीत रहेको गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी स्यवंम संगीतकार शक्तिले स्वर दिएका छन्। ए प्लस स्टुडियोमा रेकडिङ्ग गरिएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन्। सिनेमाका विशेष सहायोगीमा शम्भु कुमार केसी छन्।

मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको सिनेमामा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ।

सिनेमाका लागि केही मुख्य कलाकार हाल छनोटको चरणमा छन् । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने सिनेमाका प्रस्तुतकर्ता साजित महत हुन्।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको सिनेमामा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ।

पारिवारिक प्रेम कथामा आधारित रहने सिनेमाको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुन् । सिनेमाको प्रोडक्सन कन्ट्रोलरमा शंकर बस्नेत र राम कार्की छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *