मोदी सरकारमाथि कारवाही गर्न इमरान खानको अपिल
काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार कश्मिरमा भारतले मानवताविरोधी अपराध गरेको बताउँदै संयुक्त राष्ट्रसंघसँग भारतको मोदी सरकारमाथि कारवाही गर्न अपिल गरेका छन् । बुधबार ट्वीट गर्दै इमरान खानले कश्मिर मुद्दामा अन्तर्राष्ट्रिय समुदायसँग कारवाहीको अपिल गरेका हुन् ।
इमरानले ट्वीटमा लेखेका छन् ‘अन्तर्राष्ट्रिय समुदाय, खास गरी संयुक्त राष्ट्रसंघले कश्मिरमा भारतको तर्फबाट गरिएका युद्ध अपराध र मानवता विरुद्ध अपराधमाथि कारवाही गर्नुपर्छ किनसिक कश्मिरी जनताले भारतीय कब्जा र उत्पीडनलाई अस्वीकार गरेका छन् र विरोध गर्छन् । पाकिस्तान कश्मिरीहरुको संघर्षप्रति आफ्नो प्रतिबद्धतामा कायम छ ।
The UNSC commitment of a UN-supervised plebiscite in Kashmir remains unfulfilled as the Hindutva Modi govt brazenly violates UNSC resolutions, int humanitarian laws & int conventions incl 4th Geneva Convention; & commits war crimes by seeking to alter status & demography of IIOJK
— Imran Khan (@ImranKhanPTI) January 5, 2022
अर्को एक ट्वीटमा उनले लेखेका छन् ‘कश्मिरमा संयुक्त राष्ट्रसंघको निगरानीमा जनमत संग्रहको सुरक्षा परिषदको प्रतिबद्धता अहिलेसम्म अधुरो छ र हिन्दूत्व वाला मोदी सरकार अन्तर्राष्ट्रिय मानवता कानुन र चौथो जेनेभा सम्मेलनको लगातार उल्लंघन गरिरहेको छ । भारत कश्मिरको जनसांख्यिकी बदल्नको लागि युद्ध अपराध गरिरहेको छ ।’







डिसी नेपाल







Facebook Comment