बढ्यो कोरोना सङ्क्रमण, ४३५ जना नयाँ सङ्क्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ७१५ जनामा पीसीआर परीक्षण गरिएकोमा ३७० जनामा र ३ हजार ५५२ जनामा एन्टीजेन परीक्षण गर्दा ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २३९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९९ पुगेको छ ।
यसैगरी देशमा हालसम्म ५ हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टा २ लाख ४६ हजार ३८५जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment