नेपाल इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश सचिवमा ई.होमागाईको उमेदवारी

डिसी नेपाल
२२ पुष २०७८ ११:०६
196
Shares

काठमाडौं। आगामी माघ ७ गते हुन गइरहेको नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावी सरगर्मी निकै बढेको छ। निर्वाचनको मिति नजिकिएसंगै इन्जिनियरहरु विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरिरहेका छन्।सोही निर्वाचन अन्तर्गत बाग्मती प्रदेश सचिवमा काभ्रे धुलिखेल नगरपालिका इन्जिनियर हरेराम होमागाईले उमेदवारी दिने घोषणा गरेका छन्।

बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनको साझा उमेदवारका रुपमा होमागाई रहेका छन्। उक्त समूहबाट इन्जिनियर डा.सुरज लामिछानेले केन्द्रको नेतृत्व गर्दै केन्द्रीय अध्यक्षको उम्मेदवारी दिने भएका छन्,भने बाग्मती प्रदेश अध्यक्षकालागि ई.विनोद सापकोटाले उम्मेदवारी घोषणा गरेका छन्।धुलिखेल नगरपालिकामा कार्यरत होमागाई पुनः निर्माण,सहरी पूर्वाधार ,विपद व्यवस्थापन लगायतको क्षेत्रमा कार्य गरिरहेका युवा इन्जिनियर हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *