अस्ट्रेलियाद्वारा जोकोभिचको भिसा रद्द

डिसी नेपाल
२२ पुष २०७८ १४:५७
188
Shares

काठमाडौं। अस्ट्रेलियाले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको भिसा रद्द गरिदिएको छ। अस्ट्रेलियन ओपनका लागि मेलबोर्न पुगेका जोकोभिचले कोभिड–१९ विरुद्धको खोप लगाए वा नलगाएको खुलस्त नभएपछि भिसा रद्द गरिएको हो।

यसअघि उनलाई लामो समय एयरपोर्टमा राखिएको थियो। सर्वियन खेलाडीले गत वर्ष खोपको विरोध गरेपछि उनले खोप लगाएको वा नलागएको पुष्टि हुन सकेको छैन। भिसा रद्द भएसँगै उनलाई फिर्ता पठाउने अस्ट्रेलियन सीमा बलले जनाएकाे छ । सर्वियन टेनिस स्टार २१औँ ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाउने लक्ष्यसहित मेलबर्न विमानस्थल पुगेका हुन्।

अस्ट्रेलियन ओपन सुरू हुन ११ दिनमात्रै बाँकी रहँदा कोभिड-१९ विरुद्धको खोप लगाए/नलगाएको खुलस्त पार्न जोकोभिचसामु चुनौती छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *