विद्यार्थीलाई न्यानो कपडा वितरण

डिसी नेपाल
२२ पुष २०७८ १५:०८
4
Shares

चितवन। राष्ट्रिय आधारभुत विद्यालय इच्छाकामना गाउपालिका- २ वर्ल्याङ चितवनका विद्यार्थीलाई बुधबार न्यानो कपडा वितरण गरिएको छ।

जाडो बढेसँगै विद्यार्थी जाडोले कठाङ्ग्रिएको खबर सुनेपछि छोरीका लागि छोरी संस्था स्वास्थ्य बिभागकी सल्लाहकार गोमा कँडेलको पहलमा चितवनको क्यान्सर हस्पिटलका नर्सहरुले विद्यार्थीलाई न्यानो कपडा बितरण गरेका हुन्।

जाडोका कारण समस्यामा परेका ७१ जना विद्यार्थी र ३०० जना स्थानीयलाई पुग्ने न्यानो कपडा पनि बितरण गरिएको संस्थाकी स्वास्थ्य बिभागकी सल्लाहकार कँडेलले बताइन्।

चिसोको समयमासमेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा पाएसँगै खुसी भएका छन्। बालबालिकालाई उपलब्ध गराएको ज्याकेटले चिसो मौसममा राहत पुगेको विद्यालयका प्रधानाध्यापक कमला भण्डारीले बताइन्।

विद्यार्थीलाइ न्यानो कपडा उपलब्ध गराएकोमा राष्ट्रिय मावि हात्तिबाङका प्रधानाध्यापक लोक बहादुर मगरले धन्यवाद दिँदै यस्ता राहत स्वरुपका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.