कुकुरले १३ घण्टासम्म गरिरह्यो यस्तो काम, आफ्ना मालिकको ज्यान बचाएरै छाड्यो
काठमाडौं। क्रोएसियाका हिउँले ढाकिएका पहाडमा एक कुकुरले आफ्ना मालिकको ज्यान बचाएर आफ्नो वफादारीको अद्भूत परिचय दिएको छ । खासमा ग्रगा ब्रिकिक नामका पर्वतारोही आफ्ना २ साथी र कुकुरसँग क्रोएसियाको वेबेबिट माउन्टेन रेन्जमा हाइकिङको लागि गएका थिए । हाइकिङका क्रममा उनलाई चोट लाग्यो र उनी हिँडडुल गर्न सकेनन् ।
डेलीमेलको रिपोर्टअनुसार उनका दुई साथी पनि यसु क्रममा उनीबाट बिछोडिए । साथीहरुले ब्रिकिकलाई खोज्ने कोसिस पनि गरे तर उनीहरु ब्रिकिकसम्म पुग्न सकेनन् । त्यसैले उनीहरुले सहयोगका लागि क्रोएसियाको माउन्टेन रेस्क्यु सर्भिसलाई सम्पर्क गरे । जब रेस्क्यु टिम ब्रिकिकलाई खोज्दै उनी भएको ठाउँमा पुगे त्यहाँको दृश्य देखेर आश्चर्यचकित भए ।
त्यहाँ ब्रिकिकको कुकुर उनीमाथि बसेको थियो । कुकुरले यस्तो यसकारण गरेको थियो ताकि उसका मालिकलाई चिसो नलागोस् । उद्धारकर्मीले ब्रिकिकलाई बचाएको सबै श्रेय उनको कुकुरलाई दिएका छन् जसका कारण उनको ज्यान बच्न सक्यो । ब्रिकिकको कुकुरको नाम नर्थ हो र यो कुकुर अलास्का मालाम्युट प्रजातिको हो । नर्थ पूरै १३ घण्टा आफ्ना मालिकको शरीरमाथि बसिरह्यो जबसम्म उद्धार टोली त्यहाँ पुगेन ।
Dog saves its owner’s life by lying on him for 13 hours until he is rescued https://t.co/hIx7TKaktT
— Daily Mail Online (@MailOnline) January 5, 2022
क्रोएसियाको माउन्टेन रेस्क्यु टिमले एक फेसबुक पोस्टमा भनेको छ ‘मानिस र कुकुरबीच मित्रता र प्रेमको कुनै सीमा हुँदैन । उनीहरुले दुवैको एक तस्वीर पनि शेयर गरेका छन् जसमा नर्थ ब्रिकिकमाथि सुतिरहेको छ । उनीहरुले अगाडि लेखेका छन् ‘हिउँको चिसनोन कुकुरले मालिकलाई तातो दिनको लागि उनलाई आफ्नो शरीरले पूर्ण रुपमा ढाकेर राख्यो ।’
ब्रिकिक फसेको ठाउँ समुद्र सतहबाट करिब १८ सय मिटर उचाइमा थियो । उनलाई बचाउनको लागि ३० जनाको टिम पुगेको थियो । ब्रिकिकले क्रोएसियन मिडियासँग भने ‘मेरो लागि यो समय बिताउनु निकै कठिन थियो । मलाई लागिरहेको थियो कि एक मिनेट पनि निकै ढिलो बितिरहेको छ । यो सानो कुकुर मेरो लागि वास्तवमै चमत्कार जस्तै भयो ।’







डिसी नेपाल







Facebook Comment