अर्घाखाँचीमा संगठन बिस्तार गर्दै निजामती कर्मचारी
अर्घाखाँची। नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले जिल्लाका स्थानीय तहमा संगठन निर्माणलाई तीव्र बनाएको छ। जिल्लाका सन्धिखर्क नगरपालिका तथा भूमिकास्थान नगरपालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न गरेको संगठनले मालरानी गाउँपालिकामा प्रथम पालिकास्तरीय अधिवेशन पनि सकेकाे हाे।
मालारानीमा पदम आचार्यको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । यसअघि सन्धिखर्क नगरपालिकामा प्रेम खनाल र भूमिकास्थानमा अशोक खनालको नेतृत्वमा कार्यसमिति निर्माण गरिएकाे थियाे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment