इटलीबाट भारत आएको विमानका १२५ यात्रु संक्रमित, क्वारेन्टिन छल्न १३ जना फरार

डिसी नेपाल
२३ पुष २०७८ १२:०८
440
Shares

नयाँ दिल्ली। भारतमा इटालीबाट आएको एउटा विमानमा सवार यात्रुमध्ये १२५ यात्रुमा कोभिड संक्रमण देखिएको छ। इटालीको मिलानबाट भारतको अमृतसार आएको विमानका संक्रमितमध्ये १३ यात्रु क्वारेन्टिन नबसी भागेका छन्।

नौ जना विमानस्थल र अन्य चार जना एउटा स्थानीय अस्पतालबाट भागेका हुन्। उनीहरुविरुद्ध सरकारले उजुरी हाल्ने तयारी गरेको छ। सो विमानमा १६० यात्रु थिए । उनीहरुमध्ये बालबालिका र शिशु गरी १९ जनाको भने कोभिड परीक्षण गरिएको थिएन।

संक्रमितलाई अस्पताल लैजान विमानस्थलमा एम्बुलेन्सहरु लाइनमा राखिएका थिए। सबै संक्रमितलाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको थियो। उनीहरु स्वास्थ्यकर्मीलाई छक्काएर भागेको अधिकारीहरुले जनाएका छन्। अस्पतालबाट भाग्ने संक्रमितको पासपोर्ट रद्द गर्ने प्रहरीले तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *