भारतमा एकै दिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

डिसी नेपाल
२३ पुष २०७८ १२:४८
548
Shares

नयाँ दिल्ली। भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ। पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ।

यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ।

भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ। सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए।

कोभिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ। महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ संक्रमित भेटिएका छन्। यस्तै, संक्रमण बढेपछि मुम्बईमा लकडाउन गर्ने तयारी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *