शेरबहादुरका पूर्व एडिसी जर्नेलको म्याद थप नहुने, घर जाँदै

डिसी नेपाल
२४ पुष २०७८ ९:५२

काठमाडौं। अघिल्लो सेनापतिको कार्यकालमा नेपाली सेनाभित्र हालीमुहाली गरेको भनेर विवादमा परेका जर्नेल अनन्त कार्कीको म्याद थप नहुने भएको छ। मेजर जनरल पदमा जम्मा एक कार्यकालमात्र काम गरेका उनको म्याद थप नगरी अरु तीनजना मेजर जनरलहरुको म्याद थप गर्न सिफारिस गरिएको छ।

सैनिक मुख्यालय स्रोतका अनुसार, नियम र सेनाभित्रको सामान्य प्रचलनअनुसार, ३ बर्षे एक कार्यकाल पूरा गरेपछि थप २ बर्षका लागि म्याद थप गर्ने गरिन्छ। तर, पहिलोपल्ट शेरबहादुर देउवा प्रधानमन्त्री हुंदाका अंगरक्षकसमेत रहिसकेका जर्नेल कार्कीलाई देउवा नै प्रधानमन्त्री तथा रक्षामन्त्री भएका बेला म्याद थप नहुने भएको हो।

म्याद थपका लागि प्रधानसेनापतिबाट स्वीकृत भई सैनिक मुख्यालयले रक्षामन्त्रालयमा सिफारिस पठाउनु पर्दछ। सैनिक स्रोतका अनुसार, केही दिनअघि मात्र सैनिक मुख्यालयबाट रक्षामन्त्रालय पठाइएको म्याद थपको सिफारिसमा कार्कीको नाम परेको छैन।

उनीसँगैका सहयात्री जर्नेलहरु अशोक सिग्देल, ताराध्वज पाण्डे र सिताराम खड्काको मात्र २ बर्ष म्याद थपको सिफारिस पठाइएको छ। अहिले म्याद थप नहुँदा अवको एक महिनमा नै कार्कीले अवकाश पाउने छन्। प्रधानमन्त्री तथा रक्षामन्त्री शेरवहादुर देउवाले नै हस्तक्षेप गरे भने बेग्लै कुरा नत्र उनको म्याद थप नहुने निश्चितजस्तै भएको बताइएको छ।

सहयात्री जर्नेलहरु अशोक सिग्देल, ताराध्वज पाण्डे र सिताराम खड्काको मात्र २ बर्ष म्याद थपको सिफारिस पठाइएको छ। अहिले म्याद थप नहुँदा अवको एक महिनमा नै कार्कीले अवकाश पाउने छन्। प्रधानमन्त्री तथा रक्षामन्त्री शेरवहादुर देउवाले नै हस्तक्षेप गरे भने बेग्लै कुरा नत्र उनको म्याद थप नहुने निश्चितजस्तै भएको बताइएको छ।

यसअघिका सेनापति पूर्णचन्द्र थापाको पालामा उपरथी कार्कीले सेनाभित्र हालीमुहाली गरेको आरोप लाग्ने गरेको छ। १ नं प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको अघि बसेर चुरोट तन्काएको आरोप लागेका उनी तत्कालीन सेनापतिलाई विवादमा पार्ने मुख्य पात्रमध्ये एक मानिन्छन्।

नीति निर्देशनालयजस्ता सेनाका महत्वपूर्ण र मुख्य जिम्मेवारी सम्हाल्ने र फाष्ट ट्र्याकजस्तो चर्चित परियोजनाको नेतृत्व गर्ने जिम्मेवारी पनि कार्कीले पाइसकेका छन्। हालका प्रधानसेनापति प्रभुराम शर्माले सेनाको नेतृत्व सम्हाल्ने वित्तिकै कार्कीलाई सैनिक मुख्यालयको नीतिबाट सरुवा गरिएको थियो। त्यसयता उनी नेशनल डिफेन्स युनिभर्सिटीमा कार्यरत छन्।

म्याद थपको सिफारिसमा परेका उपरथी सिग्देललाई नीतिमा ल्याइएको छ। त्यसैगरी उपरथी खड्का निरीक्षणधीकृत कार्यालयमा थिए हाल डिजीएमटीमा छन् र उपरथी पाण्डे संभाररथी पदमा कार्यरत छन्।

यो म्याद थपमा कार्की नपर्दा नेपाली सेनामा भावी सेनापति को हुने भन्नेमा पनि प्रभाव पार्ने देखिएको छ। म्याद थप भएको भए सिनियर उपरथीको हैसियतमा हालमा रथी बालकृष्ण कार्की तीन महिनमा रिटायर्ड भएपछि कार्कीको रथीमा बढुवा हुने थियो। तर, उनी घर जानुपर्ने भएपछि सैनिक र्‍यांक एण्ड फायलमा केही परिवर्तनहरु हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *