‘रााष्ट्रिय एकीकरण दिवस’मा सार्वजनिक बिदा

डिसी नेपाल
२५ पुष २०७८ २०:५४
2.7k
Shares

काठमाडौं । पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसका अवसरमा नुवाकोटको विदुर नगरपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिएको छ । यही पुस ९ गते बसेको दसौँ नगरसभा विदुर नगरपालिकाको निर्णयअनुसार पुस २७ गते सार्वजनिक बिदा दिएको नगरपालिकाले आज जारी गरेको सूचनामा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले हस्ताक्षर गरेको सूचनाअनुसार पृथ्वीनारायण शाह जन्मेको दिन पुस २७ गतेलाई रााष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइने भएकाले विदुर नगरपालिकासहित नगरभित्रका पालिकाअन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरू, शैक्षिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको छ ।

पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिकाका विभिन्न स्थानमा भिन्नाभिन्नै कार्यक्रमका साथ राष्ट्रिय एकता दिवस मनाइने गरिएको छ । नुवाकोटको साततले दरबार क्षेत्र, देवीघाटस्थित पृथ्वी स्मारक र पृथ्वीनारायण शाहको अन्तिम दाहसंस्कार गरिएको स्थल तादी र त्रिशूली नदीको सङ्गम जालपादेवी मन्दिर परिसरमा छुट्टाछुट्टै कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउन आवश्यक तयारी भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *