स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

डिसी नेपाल
२५ पुष २०७८ २२:३७
224
Shares

काठमाडौं । सशस्त्र प्रहरीले रौतहटको इशनाथ नगरपालिका–२ औरैया महनोहरा गेटबाट आज स्रोत नखुलेको रु १४ लाख ५० हजार नेपाली नोटसहित एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपाल भित्रिएको बीआर ०५ एजी ८०५६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रमममा मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण तेलहराकला–७ का ३९ वर्षीय सञ्जयकुमार जैसवालको साथबाट अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नं गण हेडक्वार्टर रौतहटले जनाएको छ ।

विशेष सूचनाको आधारमा ११ नं गण हेडक्वार्टर रौतहट र प्रदेश नं २ बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रकमसहित जैसवाललाई नियन्त्रणमा लिएको जनाइएको छ । जैसवाललाई मोटरसाइकल तथा शरीरको खुट्टा, पेटलगायत स्थानमा लुकाएर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको रकम फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको रकम, मोटरसाइकल तथा मानिसलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.