आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

डिसी नेपाल
२७ पुष २०७८ ६:५७
288
Shares

काठमाडौं। काेभिड-१९ काे संक्रमण उकालाे लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेकाे छ।

२५ पुसकाे सिसिएमसिसीकाे सिफारिस र त्यसकाे भाेलिपल्ट शिक्षा मन्त्रालयकाे निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएकाे हाे। विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएकाे छ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा काेभिडकाे जाेखिम बढेपछि यस्ताे निर्णय लिनुपरेकाे बताउँछिन्। साथै शिक्षा मन्त्रालयले बिदाकाे अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुराेध गरेकाे छ। ललितपुरमा आजदेखि बालबालिकालाई खाेप लगाइँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *