आजदेखि ललितपुरका विद्यार्थीलाई फाइजर खोप दिइँदै
ललितपुर। ललितपुरमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई आजदेखि विद्यालयहरुमा फाइजर खोप दिइने भएको छ।
स्वास्थ्य कार्यालय ललितपुरका खोप सुपर भाइचर पार्थमणी न्यौपानेकाअनुसार ललितपुर महानगरका विभिन्न विद्यालयमा आजदेखि २ माघसम्म कोरोना विरुद्धको खोप दिने कार्यक्रम छ। महालक्ष्मी नगरमा ४ माघसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने गोदावरीमा ३ गतेसम्म खोप लगाउन सकिन्छ।
दक्षिण ललितपुरका महाकाल गाउँपालिकामा मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन हुँदैछ । कोञ्ज्योसोम गाउँपालिकाका विद्यालयमा २९ पुससम्म र वागमती गाउँपालिकामा ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।
स्थास्थ्य कार्यालयकाअनुसार १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर बायोएनटेक खोपको पहिलो मात्रा दिने कार्यक्रम सुरु हुन लागेको हो।
न्यौपानेले नेपाली बच्चाहरुलाई पहिलोपल्ट अमेरिकी फाइजर खोप दिन लागिएको बताए। आजबाट फाइजर काठमाडौं र ललितपुरमा लगाउने कार्यक्रम छ। उनकाअनुसार दोस्रो मात्रा भने २४ माघबाट सुरु हुनेछ।
ललितपुरका विद्यालयसँगै केही स्वास्थ्य केन्द्रमा समेत खोप लगाउने कार्यक्रम छ। यो खोप कोभ्याक्समार्फत नेपाल सरकारलाई अनुदानमा आएको हो । भक्तपुरमा सोमबारबाट नै विद्यार्थीलाई मोर्डना खोप दिन थालिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment