काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना
काठमाडौं। पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा भूगोल साहित्य समाजले आज आयोजना गरेको १४औँ काव्य शृङ्ङ्खलामा २४ जना कविले कविता पाठ गरे ।
कविहरू गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, नवराज पुडासैनी, धरणीधर गुरागाईं, राधिका गुरागाईं, बुद्धिराज पाण्डे, प्रकाश घायल, ओमप्रकाश आचार्य, पुनम घिमिरे, नरराज आचार्य, लव खड्का, निशा केसी, महेश रिजाल, रेणु अधिकारी, मन्दिरा मधुश्री, लक्ष्मीप्रसाद पराजुली, विमला खड्का, हरिश्चन्द्र गौतम, सीता विष्ट कार्कीलगायतले राष्ट्रियताको जगेर्नाका लागि चनाखो र सन्तुलित परराट्र नीति, छरितो र मितव्ययी सङ्घीयता, आत्मनिर्भर भएको अर्थतन्त्रको निर्माणजस्ता पृथ्वीनारायण शाहको मार्गनिर्देशन वर्तमान सन्दर्भमा झन् उपयुक्त रहेको भाव आ–आफ्ना रचनामार्फत व्यक्त गरे ।
सो अवसरमा देशका विभिन्न भागमा भत्काइएका पृथ्वीनारायणका सालिक पुनःस्थापनना गर्नुपर्नेमा उनीहरूले जोड पनि दिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment