तीन युवक पक्राउ

डिसी नेपाल
२८ पुष २०७८ १६:२४
224
Shares

काठमाडौं। प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले आज बिहान तीन जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लहान नगरपालिका– १२ पडरिया चोकबाट लागुऔषध ब्राउन सुगरसहित स्थानीय २२ वर्षीय प्रशान्त चौधरी, २३ वर्षीय मिथलेश चौधरी र २९ वर्षीय साजन चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट लागुऔषध ब्राउन सुगर ५ दशमलव ५ ग्राम, नगद रु ११ हजार र दुई थान मोबाइल बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.