चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु, एक घाइते
वालिङ । स्याङ्जाको वालिङ–१० भकुण्डेमा आज दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ ।
पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ–१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिनाका छोरा साईमन गुरुङको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका साइमनलाई गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । मृतककी दिदी पाँच वर्षीया साइना गुरुङको घाँटीको अगाडिको भाग र बायाँ हातको बूढीऔँलामा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने जितेन्द्रलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment