पाँच महिनासम्म बस्न सकेन लोसपा कार्यकारिणी बैठक
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा नेपाल) गठन भएको ५ महिना बित्दासमेत पार्टीकाे कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन। महन्थ ठाकुरकाे नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौंमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो।
सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रिय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैनन्।
गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् । ३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामवाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment