सुत्केरी हुन नसकेपछि महिलाकाे हेलिकोप्टरमार्फत उद्धार
फाइल फाेटाे।
संखुवासभा। भोटखोला गाउँपालिका–२ लिङ्गमकी २८ वर्षीया एक महिला सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धर गरिएको छ । भोटखोला–२ लिङ्गमकी २८ बर्षीया चिप्प याङ्जम भोटेको बुधबार हेलिकप्टरमार्फत उद्धार गरी काडमाण्डौंको थापाथलीस्थित प्रसूति गृह पठाइएको हो।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो।
उनको हटियामा उपचार हुन नसकेपछि बुधबार साँझ थप उपचारका लागि हेलिकप्टरमार्फत काडमाडौंको थापाथली प्रसूति गृहमा पठाइएको प्रजिअ खतिवडाले बताए। सुत्केरी भोटेको हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सेर गर्दा बच्चा उल्टो र असहज अवस्था देखिएपछि थप उपचारका लागि काडमाडौं पठाएको भोटखोला गाउँपालिका स्वास्थ्य सह–संयोजक स्टाफ नर्स अमृता तामाङले बताइन्।
स्टाफ नर्स तामाङका अनुसार भिडियो एक्सरे गर्दा आमा र बच्चा दुबैको अवस्था गम्भीर देखिको र तत्काल अप्रेसन गर्नुपर्ने भएकाले काडमाडौं रेफर गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment