कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

डिसी नेपाल
२९ पुष २०७८ १६:१३

काठमाडौं। जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका-७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *