भारतीय नागरिक मृत भेटिए

डिसी नेपाल
२९ पुष २०७८ १६:५१

काठमाडौं। ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् ।

फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि खोज्न जाँदा मृत भेटिएका थिए । कुमारको शव उनको आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *