कपिलको बायोपिकमा को बन्ला कपिल शर्मा ?

डिसी नेपाल
१ माघ २०७८ ८:५८
824
Shares

काठमाडौं। साेनी टेलिभिजनको लोकप्रिय शो ‘द कपिल शर्मा शो’ का होस्ट तथा कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ। जसको नाम ‘फनकार’ राखिएको छ। माघे संक्रान्तिको अवसर पारेर कपिलको बायोपिकको घोषणा गरिएको हो।

फिल्मको निर्देशन ‘फुकरे’ निर्देशक मृगदीप सिंह लाम्बाले गर्नेछन् भने निर्माण महावीर जैनको हुनेछ। फिल्मको कलाकारको टुंगो लागिसकेको छैन। कपिलले कलाकारका रुपमा एक लामो यात्रा तय गरिसकेका छन्। स्टेण्ड अप कमेडी शो सुरुवात गर्ने कपिल आफ्नो नामको शो सुरु गर्नुअघि कैयौं कमेडी रियालिटी शोको हिस्सा बनेका थिए।

कपिलले सन् २०१५ मा रिलिज रोमान्टिक कमेडी फिल्म ‘किस किसको प्यार करुँ’बाट अभिनेताका रुपमा डेब्यू गरेका थिए। जसको निर्देशन अब्बास मस्तानले गरेका थिए। यिनै कपिल डिजिटल प्लेटफर्ममा आफ्नो शो ‘कपिल शर्मा- आई एम नट डन येट’ लिएर आउँदैछन्। जसमा उनले आफ्नो किस्सा र कथा सुनाएर दर्शक हँसाउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *