गायिका मेलिनाको ‘फूलहरु मगमग’मा मोडल सृजनाको अभिनय

डिसी नेपाल
१ माघ २०७८ १५:३८

काठमाडौँ ।  गायिका मेलिना राईको स्वर रहेको फूलहरु मगमगको म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा  मोडल तथा भ्लगर सृजना निङ्लेखुको अभिनय रहेको छ। सार्वजनिक भिडियोमा सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सृजनाले कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *