शानको “नशा” सार्वजनिक

डिसी नेपाल
२ माघ २०७८ १३:१२
344
Shares

काठमाडाैं। हेर्दा कुनै अंग्रेजी फिचर फिल्मको दृश्य झैं देखिने, कलाकारहरु पनि विदेशी नै। तर, यो कुनै विदेशी फिल्मको दृश्य नभई नेपाली गीतको म्युजिक भिडियोको हो।

गायक तथा संगीतकार शान भुसालको “नशा” बोलको गीत सार्वजनिक भएको छ। हाल अमेरिकामा रहेका गायक भुसालको सो गीत लुसेन्ट फिल्मको ब्यानरमा बनेको गीतमा भुसालको शब्द संगीत रहेको छ भने स्वर भारतीय गायक अनुग्रह विष्टको रहेको छ।

सनीरको ब्याकराउण्ड म्युजिक रहेको उक्त म्युजिक भिडियोको निर्देशन बिकास बराइलीले गरेका हुन्। भिडियो अमेरिकास्थित टेक्ससको डालस, हिक्कोमा सुटिङ भएको भुसालले जानकारी दिए। म्यूजिक भिडियोलाई गायक भुसालले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्। गीतमा अमेरिकी रंग एवं सिने अभिनेता जोर्ज आटेरो, एलेक्जेन्ड्रिया पास्कुसी, कलाकारहरु दिपेश आचार्य अंकित शर्मा आदीको अभिनय रहेको छ।

गीतको अडियो रेकर्डिङ मुम्बइ स्थित बि।बि।जे। स्टुडियोमा रेकर्ड भएको हो भने वाद्यवादन र मिक्सिङ काठमाण्डौको गुञ्जन रेकर्डिङमा कृष्णकुमार महर्जनले गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.