भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

डिसी नेपाल
२ माघ २०७८ १८:१६
132
Shares

काठमाडौं ।भन्सार छलेर भारतबाट अवैधरूपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ९२ हजार बराबरको ६४० केजी माछा प्रहरीले आज बरामद गरेको छ । गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो ।

सो माछा इलाका प्रहरी कार्यालय गौरादहले स्थानीय बुद्धिजीवी, पत्रकार जनप्रतिनिधिसहितको रोहबरमा खाल्डोमा हाली आजै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.