ब्रेन्टफाेर्डलाई हराउदै इंग्लिस प्रिमियर लिगकाे दोस्रो स्थानमा उक्लियो लिभरपुल

डिसी नेपाल
३ माघ २०७८ ७:२२
4
Shares

काठमाडौं। लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेकाे हाे । जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्बरलेन र ताकुमी मिनामिनोले १-१ गोल गरे।

४४औँ मिनेटमा फाविन्होले सुरुआती गोल गरे। ६९औँ मिनेटमा एलेक्सले गोल गर्दा लिभरपुल २-० ले अघि बढ्यो। ७७औँ मिनेटमा ताकुमीले गोल गर्दा लिभरपुलले सहज जित पार्‍याे।

जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ। एक स्थान तल झरेको चेल्सीको ४३ अंक छ। शीर्ष स्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १४औंं स्थानमा छ।

अर्काे खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *