अबैध लागुऔषधसहित दुई जना पक्राउ
सांकेतिक तस्बिर
विराटनगर । मोरङबाट अबैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । मोरङको रतुवामाई नगरपालिका वडा नं.–९ भौडास्थित आमबाडीबाट अबैध लागुऔषधसहित सुनबर्षी नगरपालिका वडा नं.–६ बस्ने वर्ष ३२ को श्रवण कुमार ताजपुरिया र सोही मोटसाइकलमा सवार वर्ष ३० का कार्तिक चन्द दास पक्राउ परेका हुन् ।
उर्लाबारी सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र.१–०२–०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा ल्याएको कार्टुनभित्र प्याक गरी लुकाएर ल्याउँदै गरेको २० हजार पिस प्रतिबन्धित ट्रामोडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित उनीहरु पक्राउ परेका हुन् ।
प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment