कर्मचारीमा कोरोना देखिएपछि राष्ट्रिय वाणिज्य बैंक बन्द
![कर्मचारीमा कोरोना देखिएपछि राष्ट्रिय वाणिज्य बैंक बन्द](https://www.dcnepal.com/wp-content/uploads/2022/01/rastriya-banijya.jpg)
काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखा परेको छ। बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने बैंकिङ सेवा सोमबारदेखि बन्द गरिएको छ ।
बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको बैंकले जनाएको छ । कोरोना संक्रमण देखापरेका १० जना कर्मचारी मध्ये एकजनामा गम्भीर लक्षण देखिएको हुनाले अस्पताल भर्ना गरिएको छ भने बाँकी नाैजना कर्मचारी होम आइसोलेसनमा रहेका छन्।
प्रतिक्रिया
Facebook Comment