नक्कली नाेट काराेबारमा संलग्नकाे आशंकामा दुई जना पक्राउ
फाईल तस्बिर
महोत्तरी। महाेत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नाेटकै काराेबारमा संलग्नकाे आशंकामा फेरि दुई जना पक्राउ परेका छन्।
नाेटकाे साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका-६ का मोजहिद रेजा भिठ्ठामोड-जलेश्वरबाट पक्राउ परेका हुन्। भारतबाट नेपाल आउदै गरेको बा २१ च ६७६१ नम्बरको कार जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।
पक्राउ परेका दुबै जना नक्कली नोट कारोबारमा संलग्न हुनसक्ने आशंका प्रहरीकाे छ । प्रहरीका अनुसार उनीहरुकाे साथबाट अगाडिपछाडि १-१ हजार राखेर र बीचमा खाली पेपर राखेको ५ बण्डल, ५ सयको नोटमा त्यसैगरी राखिएको ४९४ बण्डल जफत गरिएकाे छ । अन्य साइजमा कटिङ्ग गरिएको ठूलो कागज पनि जफत भएकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment