सर्लाहीमा बस दुर्घटना हुँदा, १७ जना घाइते

डिसी नेपाल
४ माघ २०७८ २०:३४
24
Shares

काठमाडौं। सर्लाहीको हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा मंगलबार दिउँसो बस पल्टिएको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ५०५५ नम्बरको अग्नि यातायातको बस हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।तीव्र गतिमा रहेको बस अनियन्त्रित भई पूर्व–पश्चिम लोकमार्गबाट तल खस्दा १७ जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हरिवनस्थित नमुना अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा २५ जना सवार रहेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *