लिपुलेक सडकबारे सरकार र दलहरूको आधिकारिक अडान के हो ?

डिसी नेपाल
४ माघ २०७८ २२:०१
368
Shares

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेको समाचारप्रति चलचित्र ‘काँडेतार’ परिवार र ‘सिमानामा काँडेतार अभियान’ को ध्यानाकृष्ट भएको छ।

यसैगरी नेपाली भूभागमा भएको हस्तक्षेपका विरुद्ध नेकाका तर्फबाट महामन्त्रीद्वय र एमाले एवं माओवादी केन्द्र दुवै पार्टीका परराष्ट्रमामला विभागका प्रमुखहरुद्वारा विरोध बक्तव्य आएका छन्।

यस्ता प्रतिकृया झाडा टार्नका लागि मात्र हुन् र यसले दलको संस्थागत अडान मान्न नसकिने कुरामा हाम्रो अभियान प्रष्ट बुझ्दछ। नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप हुँदा व्यक्तिविशेषको नभई संस्थागत अडानको निर्णय र प्रतिकृया आउनु पर्छ।

त्यसमाथि सरकारले कुन विधि र कुन माध्यमद्वारा प्रतिकृया दिदैंछ थाहा हुन आएको छैन। सदन चालु छ तर सुचारु छैन। प्रतिपक्षको अराजनीतिक हठका कारण ‘सदनलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ बनाउन खोजिदैंछ।

दुखको कुरा मुलुकको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण हुँदा सदन चालु गर्न प्रतिपक्ष तयार भएको छैन। सदन चालु नभएका कारण नेपालका जनप्रतिनिधिहरुका आवाज सुन्न सकिएको छैन। तिनीहरुले के कसरी बोल्छन् जनता सुन्न आतुर छन्।

विशेषगरी पार्टीको विधिवत बैठक बसी गरेको निर्णय जनता सुन्न चाहन्छन्। जनताहरुले काँग्रेस, एमाले र माओवादीका टिकटके नेताहरुबीच भइरहेका दोहोरी र छेडछाडीलाई मजाकमात्र मानेका छन् र यस मुद्दालाई बराल्न र आफ्नो संगठन तथा नेतृत्वलाई चोखै राख्न गरिएका हरकत हुन् भन्ने प्रष्ट बुझेका छन्।

यसर्थ सत्तासिन र सरकार आसिन दलहरु ! सदन खोल्नुहोस्, पार्टीको औपचारिक बैठक गरी निर्णय गर्नुहोस्। सरकार, दलहरु र सदन सबैको प्रतिकृया तुरुन्तै आओस्, ताकी हामीहरुले राष्ट्रवादको सक्कली अनुहार हेर्नु पाऔं।

नेपाली जनताहरु स्वाभिमानी छन् र यसैले भारतीय पक्षबाट भएको अपमान र हस्तक्षेपलाई स्वीकार गर्न सक्दैनन्। यही मनोविज्ञानका कारण नेपालका केही नेता विशेषमा खास मौसममा राष्ट्रवादको खाडो जाग्ने गर्छ। तर सरकारका आसिन र प्रतिक्षारत पार्टीहरुका नेताहरुको राष्ट्रवाद आवश्यक समयमा गायव हुने गर्छ।

अहिले यस्तै भएको छ। राष्ट्रवाद चीर निन्द्रामा रहेको प्रतित हुन्छ। तर राष्ट्रवाद दृष्टि हो, यो सधैं जागा रहन्छ, सचेत रहन्छ र अभियानरत हुन्छ। यस्तै बुझ्ने मध्ये सिमानामा काँडेतार अभियान पनि एक हो।

यस अभियानले सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गरियोस् र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नहोस् भन्ने गर्दछ।

यसै सन्दर्भमा यो अभियानले हाल भारत सरकारबाट लिपुलेक क्षेत्रमा भैरहेको बाटो विस्तारले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको ठान्दछ र भारतीय कार्यको कडा विरोध गर्दछ। यसैगरी सत्तासिन दलहरु र सरकारमा आसिन तथा प्रतिपक्षमा रहेका सबैदलहरुलाई औपचारिक अडानरनिर्णय र सरकारलाई आफुँले गरिरहेका पहल तथा प्रतिकृया सार्वजनिक गर्न आव्हान गर्दछ।

सिमानामा काँडेतार अभियान किन ?
१. नेपालका सँधियार मुलुकहरुबीच बैज्ञानिक रुपमा सिमाङ्कन गराउन।
२. जंङ्गे पिलर र रिफ्रेन्स पिलरहरुको सुरक्षार्थ सरकारलाई निरन्तर दवाव दिन।
३. सीमाको विवाद समाधान गर्न।
४. आवागमनमा ऐतिहासिकता र परम्परालाई मध्यनजर गर्दै नियमित गर्न।
५. सीमा अतिक्रमण हुँदा सरकारलाई उपयुक्त प्रतिक्रिया दिनेगरी सजग हुने अवस्थामा राख्न।
६. सीमाक्षेत्रका बसोबास गर्ने नेपाली नागरिक माथि हुने जघन्य आक्रमण रोक्न तथा सीमाना वारपार गर्ने नेपाली माथि भइरहने बाधा–ब्यवधानको अन्त्य गर्न।
७. आतंकवादी गतिविधी, लागु पदार्थ तथा औषध ओसारपसार, चेलीबेटी बेचबिखन, तस्करी लगायतका क्रियाकलापहरु रोक्न।
सिमानामा काँडेतारको औचित्यता तथा महत्वलाई बुझौं




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.