प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १६४ युवा रोजगार
काठमाडौं।तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका १६४ युवा रोजगार बनेका छन् । आर्थिक रुपमा विपन्न पछाडि परेका समुदायका श्रमिकहरूलाई वडाहरू मार्फत छनौट गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि ९४ लाख ४३ हजार रुपैया श्रमिकको ज्यालका लागि उपलव्ध गराएको बताइएको छ ।
गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनामा ४० लाख रुपैया साझेदारी गरेको गाउँपालिकाका रोजगार संयोजक कृष्णप्रसाद चम्लागाईंले जानकारी दिए । रोजगार कार्यक्रम अन्तर्गत सडक सोलिङ तथा नाली निर्माण, सिँचाइ कुलो निर्माण, सिडी निर्माण र पर्यटन पूर्वाधारका क्षेत्रमा काम गर्ने संयोजक चम्लागाईले बताए ।
कार्यक्रमबाट श्रमिक दैनिक ५७७ रूपैयाँ पाउने भएका छन् । उनी भन्छन्, ‘कम्तीमा ५०० जनालाई पालिकाहरुले रोजगार दिन सके वैदेशिक रोजगारका लागि भौँतारिरहेका युवाहरू न्यूनिकरणमा सहयोग पुग्ने सक्ने थियो ।
आफ्नै गाउँमा रोजगारीको सिर्जना गर्दै पालिकाहरूबाट सञ्चालन हुने पाँच लाखभन्दा मुनिका योजनाहरूमा युवाहरूलाई रोजगार दिने हो भने पछाडि परेका वर्ग समुदायलाई समेत आर्थिक समस्यालाई टार्न राहात मिल्ने थियो ।’
कार्यक्रम आठराई गाउँपालिका(१,संक्रान्ति बजारबाट सुरु भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसारनै कार्यक्रम संचालन गरिने भएको छ । एउटा योजनामा बढीमा तेह्र जना मात्र श्रमिकलाई काममा लगाईने भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment