महोत्तरीबाट अबैध लागुऔषधसहित दुई जना पक्राउ
महोत्तरी। प्रहरीले ठूलो मात्रामा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मण्डन देउपुर, काभ्रेका सरोज विक र गोलबजार सिराहाका आकाश शर्मा रहेका छन्।
प्रहरीले महोत्तरी औराही–४ कठुधारबाट दुई हजार ९८२ पिस नाइट्राभेटसहित उनीहरुलाई पक्राउ गरेको हो।
विक र शर्मालाई सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेको बा ४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारवाट खटिएको टोलीले जाँच गर्ने क्रमामा मोटरसाइकलमा सबार दुवैलाई पक्राउ गरिएको महोत्तरी प्रहरी जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment