२७ हजार ४९७ परीक्षण गर्दा १२ हजार ३३८ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
६ माघ २०७८ १७:३१
220
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनामा परीक्षण गर्दा १२ हजार ३३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । २१ हजार ७ जनामा पीसीआर परीक्षण गरिएकोमा १० हजार ५२ जनामा र ६ हजार ४९० जनामा एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९२.२ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ५७ हजार ३२८ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.