जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सेवा एक साताका लागि बन्द
काठमाडौं। जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ । कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीब्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण भएकोले एक साता सेवा स्थगन गरेको जिल्ला प्रशासन तेह्रथुमले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment