बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
६ माघ २०७८ २१:३५
32
Shares

काठमाडौं। बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउलेक–गर्जे सडकअन्तर्गत बैतडीको सिगास-९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर जिल्ला घर भएका २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ ५ बजे आफैले चलाएको मोटरसाइकल सडकबाट डेढसय मिटर तल खस्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ गइरहेका थिए । उनी ट्याक्टरका चालकसमेत रहेको बताइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.